Logo
Logo
समाचार

रास्वपाले स्थानीय तह निर्वाचनका लागि सात उपसमिति गठन गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १५ गते १८:१४
३७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।

पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरेको छ।गठित उपसमितिहरूमा क्यान्डिडेट क्लबका संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिका संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वय उपसमितिका संयोजकमा जनकसिंह धामी र समावेशीता तथा महिला सहभागिता उपसमितिका संयोजकमा डा. तोशिमा कार्की रहेका छन्। त्यस्तै, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बू चयन भएका छन्।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका लागि उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ। पार्टीले उम्मेदवार छनोटसम्बन्धी रूपरेखाका विभिन्न पक्षलाई प्रभावकारी रूपमा कार्यान्वयन र समन्वय गर्न यी उपसमितिहरू गठन गरिएको जनाएको छ।

6b28c9a1-ecbb-480d-8fb6-b5218a57f995-1793507397.jpeg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित