Logo
Logo
समाचार

रास्वपाले अघि बढायो ‘राइट टु रिकल’, दस्तावेज बनाउन चार उपसमिति

यस अवधारणाले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप उत्तरदायी बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ५ गते ००:५३
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा ‘राइट टु रिकल’ अवधारणालाई अघि बढाउने भएको छ ।

रास्वपाको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री तथा समिति संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा बसेको हो ।

बैठकले ‘राइट टु रिकल’सम्बन्धी बहसलाई थप विस्तार गर्दै त्यससम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल गरेको रास्वपाले जनाएको छ ।

पार्टीका अनुसार यस अवधारणाले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप उत्तरदायी बनाउने तथा लोकतान्त्रिक निर्वाचन प्रणालीप्रति मतदाताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

बैठकले समितिको सचिवमा मनिष खनाललाई जिम्मेवारी दिएको छ । त्यस्तै, समितिअन्तर्गत चारवटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन उपसमितिको जिम्मेवारी सुलभ खरेल र गजला शमिम मिकरानीलाई दिइएको छ ।

अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन उपसमितिमा अनुष्का श्रेष्ठ, सरोकारवालासँगको छलफल समन्वय उपसमितिमा समीक्षा बास्कोटा र करिस्मा कठरिया तथा सञ्चार तथा मिडिया समन्वय उपसमितिमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित