Logo
Logo
समाचार

रास्वपाको सचिवालय बैठक सुरु

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीका आगामी रणनीति तय गर्न सचिवालय बैठक डाकेको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १४ गते १८:३९
३३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । शनिवार काठमाडौँको च:मतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक औपचारिक रूपमा शुरु भएको हो ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीका आगामी रणनीति तय गर्न सचिवालय बैठक डाकेको हो । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र संगठनभित्रका समसामयिक विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी भएका छन् । पत्रकार र सञ्चारमाध्यममाथिको धरपकडको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । 

सरकारको उक्त कदमको रास्वपा भित्रैबाट विरोध भइरहेको छ । विज्ञप्ति जारी गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारले यस कदमको जवाफ दिनुपर्ने बताएका छन् । बैठकमा पार्टीका पछिल्ला गतिविधि, मन्त्रिपरिषद्का निर्णय तथा सरकार सञ्चालनका सन्दर्भमा रास्वपाले खेल्नुपर्ने भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र साह भने उपस्थित हुनुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित