Logo
Logo
समाचार

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

भोटेकोशी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ’, उनले भने, ‘तर त्यससँगै अहिले बजारमा ग्यासको हाहाकार छ । ग्यास अभाव र हाहाकारका कारण बजारमा अहिले मुख देखाएर हिँड्न गाह्रो भयो । सरकार के हेरेर बसेको छ ?’

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २४ गते १८:४९
१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीकै एकजना सांसदले वालेन्द्र शाह नेतृत्वको सरकारको कडा आलोचना गरेका छन्।

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद मधुकुमार चौलागाईंले बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सरकारविरुद्ध खनिएका हुन् ।

‘भोटेकोशी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ’, उनले भने, ‘तर त्यससँगै अहिले बजारमा ग्यासको हाहाकार छ । ग्यास अभाव र हाहाकारका कारण बजारमा अहिले मुख देखाएर हिँड्न गाह्रो भयो । सरकार के हेरेर बसेको छ ?’

उनले काठमाडौंको नयाँबानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित जेन-जीहरूको आन्दोलनको स्मृति कार्यक्रमबारे पन प्रश्न उठाए ।

‘गत वर्ष बलिदानी गरेका जेन-जीहरूको सम्झनामा हिजो कार्यक्रम आयोजना गरियो । त्यो कार्यक्रममा जेन-जीहरूको भावनाविपरीत गएर किन गरियो ? त्यहाँ विवादित व्यक्तिहरूलाई किन सहभागी गराइयो ? त्यसबारे जवाफ दिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित