Logo
Logo
समाचार

रास्वपाका सुरूंगा नगर सभापति हुसेन पक्राउ

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २८ गते २२:०१
६८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् ।

हुसेनलाई बुधवार लागू औषध मुद्दामा पक्राउ गरेको ‎इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहानका अनुसार टोलीले हुसेनलाई सुरूंगा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

‎प्रहरीका अनुसार, २०८१ मंसिर ११ गते धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।

‎पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँच वटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उक्त घटनापछि प्रहरीले कार, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो भने कारका चालक फरार भएका थिए ।

सोही घटनासम्बन्धी लागू औषध मुद्दामा हुसेन पक्राउ गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित