Logo
Logo
समाचार

रास्वपा नेताको घरमा जुवाखाल, डेढलाख सहित ९ जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १३:२१
४१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङ बजारमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा छापा हान्दा खड्कासहित ९ जना पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट १ लाख ६४ हजार ९ सय २५ रुपैयाँ नगद बरामद भएको छ । प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवाखालमा छापा मारेको थियो । पक्राउ पर्नेमा बागलुङ नगरपालिका २ बस्ने ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ५० वर्षीय दुर्गा बहादुर खत्री, ३५ वर्षीय हरी शर्मा, बागलुङ नगरपालिका ३ का ६६ वर्षीय भीमबहादुर खत्री छन् । 

यसैगरी ६६ वर्षकै डम्मर बहादुर भण्डारी, बागलुङ नगरपालिका १ का ५५ वर्षीय राजु गौतम र वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली पनि पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरू नेता, वकिल र स्वास्थ्यकर्मी रहेका पाइएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खड्का यसअघिको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए । उनी बागलुङ नगरपालिकाका पार्टी वडासभापति हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित