Logo
Logo
समाचार

रास्वपा छोडेकी सुमना श्रेष्ठको नयाँ कदम: काठमाडौंको मेयरमा लड्ने घोषणा

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर २ गते १९:३७
४६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं, मंसिर २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले आफ्नो ज्ञान, सीप र विज्ञता काठमाडौंको समृद्धि र सुशासनका लागि समर्पित गर्ने बताएकी छन्। तर, उनले कुनै दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्नेबारे भने खुलाएकी छैनन्।

एमआईटीबाट एमबीए गरेकी श्रेष्ठ यसअघि समानुपातिक सांसद तथा शिक्षा मन्त्री भइसकेकी व्यक्ति हुन्। उनको यो घोषणासँगै काठमाडौंको मेयर पदको आगामी निर्वाचन थप रोचक बन्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित