Logo
Logo
समाचार

राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिने

काठमाडौँ । नेपालमा बालबालिका, किशोर किशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्यांकन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको वर्तमान पोषण अवस्थाबारे राष्ट्रिय तथा प्रदेश स्तरको अद्यावधिक तथ्यांक उपलब्ध गराउनेछ। सन् २०१६ मा सम्पन्न राष्ट्रिय सूक्ष्म पोषक तत्त्व अवस्था सर्वेक्षणको करिब एक दशकपछि हुन लागेको यस अध्ययनले विगतका उपलब्धि, विद्यमान पोषण समस्या र आगामी प्राथमिकता पहिचान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सर्वेक्षणमार्फत भिटामिन ‘ए’, भिटामिन ‘बी १२’, आइरन, आयोडिन, जिंक र फोलेटलगायत शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्त्वको अवस्था परीक्षण गरिनेछ। यसका साथै रक्तअल्पता र संक्रमणसँग सम्बन्धित सूचक, शारीरिक वृद्धि तथा पोषण अवस्था र प्रमुख पोषण कार्यक्रमको पहुँच एवं सेवाग्राहीको पालना अवस्थासमेत अध्ययन गरिनेछ। सर्वेक्षण सन् २०२६ अप्रिलदेखि सन् २०२७ मार्चसम्म देशभरका सातै प्रदेश र हिमाल, पहाड तथा तराई गरी तीनवटै भौगोलिक क्षेत्रमा सञ्चालन हुनेछ। यसका लागि २८० वटा क्लस्टर छनोट गरी ८ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ व्यक्तिलाई समेटिनेछ। सर्वेक्षणमा घरमूली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला, १० देखि १९ वर्षका किशोर किशोरी तथा ६ देखि ९ वर्ष र ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था अध्ययन गरिनेछ। गर्भवती महिलालाई समेत सर्वेक्षणमा समावेश गरिनेछ। सर्वेक्षणका लागि गुणस्तर नियन्त्रक, तथ्यांक संकलक, सुपरिवेक्षक, अन्तर्वार्ताकार, रक्त नमुना संकलक, प्रयोगशाला प्राविधिक तथा नमुना ढुवानीमा संलग्न गरी २०५ जना जनशक्ति परिचालन गरिनेछ। उनीहरूका लागि नोभेम्बर १७ देखि २८ सम्म तालिम सञ्चालन गरिनेछ। यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले विभिन्न उमेर समूहका नागरिकमा सूक्ष्म पोषक तत्त्वको कमी तथा रक्तअल्पताको अवस्था पहिचान गरेको थियो। त्यसयता सरकारले पोषण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ सर्वेक्षणबाट प्राप्त तथ्यांकले ती कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न तथा आगामी दिनमा पोषणसम्बन्धी नीति, योजना र कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १६ गते २०:२१
४४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार काठमाडौँको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको विषय भएको बताए ।

आत्महत्याका घटनाको रोकथामका लागि जनचेतना अभिवृद्धि, समयमै पहिचान र आवश्यक मनोसामाजिक तथा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सञ्चारमाध्यमको जिम्मेवार भूमिका पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न र विषयको संवेदनशीलतालाई ध्यान दिन सञ्चारकर्मीलाई आग्रह गरेका थिए । उनले घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत नगरी जिम्मेवार, मर्यादित र संवेदनशील भाषा तथा शैली अपनाउनुपर्नेमा जोड दिएका थिए।

अभिमुखीकरणमा मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी व्यवहारको पहिचान, जोखिमका संकेत तथा रोकथामका उपायबारे जानकारी गराउँदै समाचार लेख्दा आत्महत्याका घटनाको विस्तृत विवरण, प्रयोग गरिएको विधि तथा सनसनीपूर्ण प्रस्तुतिभन्दा रोकथामका उपाय, सहयोगका उपलब्ध माध्यम र सकारात्मक सन्देशलाई प्राथमिकता दिनुपर्ने बताए।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीहरूका लागि मार्गदर्शन, २०८० का प्रावधानबारे जानकारी समेत दिइन्।

तालिमपश्चात् सञ्चारकर्मीहरूले आत्महत्यासम्बन्धी समाचार तथा सूचना सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने तथा आत्महत्या रोकथामका प्रयासमा सञ्चारमाध्यमको सकारात्मक भूमिका अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित