राष्ट्रपति पौडेलद्वारा शक्ति पीठको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् ।
सोमबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा पुगेर पूजा आराधना गरेका हुन् । पूजा आराधना र दर्शन गर्नुका साथै उनले टीका र प्रसाद ग्रहण गरे ।
दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।
काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरूप दर्शनार्थीको घुइँचो छ ।
त्यसै गरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी मनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




