Logo
Logo
समाचार

राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादानलाई धर्म, संस्कृति र परम्पराको विशिष्ट महत्त्व बोकेको पवित्र कार्यका रूपमा व्याख्या गरेका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १९ गते २३:०५
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादानलाई धर्म, संस्कृति र परम्पराको विशिष्ट महत्त्व बोकेको पवित्र कार्यका रूपमा व्याख्या गरेका छन् ।

बिहीवार शीतल निवासमा काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले आयोजना गरेको सम्यक महादानको निमन्त्रणा कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले विश्वशान्ति तथा देश र जनताको हित एवं कल्याणका लागि गरिने यस्तो कार्यको प्रशंसा गरे । 

उनले सम्यक महादानजस्तो पुनीत कार्य आयोजना गर्न लागेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्यक्रमको निमन्त्रणा सहर्ष स्वीकार गरेको बताए । 

उनले भने, ‘हाम्रो धर्म, संस्कृति, परम्परा, सम्यक महादानको महिमा विशिष्ट खालको छ । यो पुनीत कार्यको सफलताको शुभकामना पनि व्यक्त गर्दछु ।’

राष्ट्रपति पौडेलले सम्यक महादानको महिमा विशिष्ट रहेको उल्लेख गर्दै यसको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित