समाचार
राष्ट्रपति पौडेलद्वारा भाइटिका ग्रहण
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २५ गते २०:०४
२२
0
CommentsShares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटिका ग्रहण गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटिका लगाएमा हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरे । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग विकास निर्णायक समितिले आज भाइटिकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




