Logo
Logo
समाचार

राप्रपाको काठमाडौँ अध्‍यक्षमा लिङ्देननिकट दीपक केसी विजयी

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २९ गते ००:०६
१७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । देशको राजधानी रहेको काठमाडौँमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दीपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् । केसीले ३९० मत प्राप्त गरी बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी  ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे । अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत ल्याए ।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्वसंयोजक समेत हुन् ।

उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताका रुपमा चिनिन्छन् । ज्ञानेन्द्र शाही निकट उम्मेदवार पौडेल ३४ मतका साथ तेस्रो स्थानमा रहे ।

काठमाडाैँ अधिवेशन सम्पन्न भएसँगै राप्रपाको जिल्ला अधिवेशन भएको सङ्ख्या ५४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित