Logo
Logo
राजनिती

राप्रपा बागमतीका तीन सांसद पदमुक्त

त
तिलिचो न्यूज
२०८३ भदौ ९ गते ०३:२५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेश सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

राप्रपाले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई सोमबार प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरेको हो। उनीहरूमाथि पार्टीले पटक-पटक दिएको निर्देशन अवज्ञा गरेको, ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको आरोप लगाएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा तीनै जनालाई कारबाही गरिएको हो।

पदमुक्त गरिएको जानकारीसहितको पत्र सोमबार बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंलाई बुझाइएको छ। उक्त पत्र प्रदेशसभा सचिवालयमा समेत दर्ता भएको जनाइएको छ।

राप्रपाको केन्द्रीय निर्णय विपरीत बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए। त्यसपछि राप्रपाका तीन सांसद प्रदेश सरकारमा सहभागी भएका थिए।

मुख्यमन्त्री थापा मगरले सोमबार राति ८ बजे प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची छ। विश्वासको मत लिनुअघि नै सरकारमा सहभागी राप्रपाका तीन सांसदलाई पार्टीले पदमुक्त गर्ने निर्णय गरेको हो।

केन्द्रीय निर्णय विपरीत प्रदेश सरकारमा सहभागिता जनाएको विषयमा राप्रपाभित्र उत्पन्न विवाद तीन सांसदमाथिको कारबाहीसँगै थप सतहमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित