Logo
Logo
समाचार

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ

नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक प्रयोग गरी कारोबार गरेको राजस्व चुहावट मुद्दामा कैद र जरिवाना तोकिएका गुलसन श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर २ गते २२:१७
४३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक प्रयोग गरी कारोबार गरेको राजस्व चुहावट मुद्दामा कैद र जरिवाना तोकिएका गुलसन श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ । 

रौतहटको गरुडा नगरपालिका-१ का ३३ वर्षीय श्रीवास्तवलाई पर्साको वीरगन्ज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

उच्च अदालत पाटनले श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो । राजस्व अनुसन्धान विभागको प्रतिवेदनका आधारमा चलेको मुद्दामा श्रीवास्तव सञ्चालक रहेका पाँच फर्मबाट झुटा तथा नक्कली मूअकर बिजक जारी गरी कारोबार गरेको ठहर भएको सीआईबीले जनाएको छ ।

सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सीआईबीको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित