राहुलको चार विकेटमा काठमान्डु ११५ रनमा अलआउट, जनकपुरलाई ११६ रनको लक्ष्य
जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाज ११५ रनमा अलआउट भएको छ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाज ११५ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमान्डुले जनकपुरलाई जितका लागि ११६ रनको लक्ष्य दिएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको काठमान्डुले निर्धारित २० ओभरसमेत खेल्न सकेन। जनकपुरका बलरले नियमित अन्तरालमा विकेट लिएपछि काठमान्डुको इनिङ्स १९.३ ओभरमा समाप्त भयो।
काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जनकपुरका राहुल यादवले चार विकेट लिँदै काठमाडौँलाई सस्तैमा समेट्न महत्वपूर्ण भूमिका खेले। उनलाई सैफ हसनले दुई विकेट लिएर साथ दिए। त्यस्तै, हरमीत सिंह, मोइन अलि र ललित राजवंशीले समान एक-एक विकेट हात पारे।
अब जनकपुरले जितका लागि निर्धारित २० ओभरमा ११६ रन बनाउनुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




