Logo
Logo
समाचार

राधेराधेको प्रजापति कम्प्लेक्समा आगलागी

मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २८ गते २०:०९
३९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेस प्रालि’मा आज बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट स्पाको मात्रै करिब ६० लाख रुपैयाँ र कम्प्लेक्सको करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताए।

उनका अनुसार आगलागी भएको करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाउन जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासी र प्रहरी वृत्त थिमिको टोली खटिएको थियो। नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगो नियन्त्रणमा सहयोग गरेको थियो।

आगलागी बिहान भएकाले मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक खड्काले बताए। अग्लो भवनको माथिल्लो तलामा आगलागी हुँदा दमकलबाट पानीको फोहोरा पुर्‍याउन केही कठिनाइ भएको उनले जानकारी दिए।

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउनुपर्ने बताए। उनले अग्ला भवनमा आगलागी हुँदा प्रभावकारी रूपमा नियन्त्रण गर्न सरकारले नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित