Logo
Logo
राजनिती

पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न नसक्नुको कारण पहिचान गर्नुपर्छः सभापति थापा

त
तिलिचो न्यूज
२०८३ भदौ ८ गते ०२:२५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजारः आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजीबजार राम्रोसँग अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको बताएका हुन् ।

उनले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्दै तत्काल सुधार गर्न सकिने विषयमा बहस आवश्यक रहेको बताए । साथै, संसदमा प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसका सांसदहरूले पुँजीबजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ छ ।

सभापति थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिन तथा आगामी दिनमा यस विषयमा व्यापक दृष्टिकोण बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने, ‘पुँजीबजारको सन्दर्भमा अहिलेको चुनावपछि सबैभन्दा राम्रोसँग जाला भनेर अनुमान गरिएको थियो । सबैमा अत्यन्तै उत्साह र अपेक्षा पनि थियो । तर दुर्भाग्यवश हाम्रो पुँजीबजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेको छैन ।’

उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारसम्बन्धी विषयमा सूचित र शिक्षित बनाउँदै भविष्यमा यसबारे स्पष्ट र व्यापक दृष्टिकोण निर्माण गर्नुपर्नेमा समेत जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित