Logo
Logo
समाचार

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुँदै, अध्यक्षमा प्रभु थापा निर्विरोध हुने अपेक्षा

४ र ५ नोभेम्बरमा हुने अधिवेशनमा ४० देशका ३५० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयनसँगै प्रवासी नेपालीका अधिकार र पहिचानका विषयमा छलफल हुने

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १७ गते ०१:३९
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) गते काठमाडौंमा आयोजना हुने भएको छ ।

अधिवेशनमा विश्वका करिब ४० देशबाट ३५० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय नेतृत्व चयन गर्नुका साथै संगठनको भावी कार्यदिशासमेत तय गर्नेछ ।

विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई संगठनात्मक रूपमा एकताबद्ध गर्दै उनीहरूका साझा सरोकार, अधिकार र पहिचानका विषयलाई सशक्त रूपमा उठाउने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको हो ।

अधिवेशनमा प्रवासी नेपाली समुदायले लामो समयदेखि उठाउँदै आएको ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यता, वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता तथा संरक्षणका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकहित, सुरक्षा, सम्मान र सामाजिक संरक्षणका सवाललाई पनि प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ ।अधिवेशनले समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्दै संगठनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा समेत जोड दिनेछ । साथै संस्थागत एकता, संगठनात्मक अनुशासन र सामूहिक नेतृत्वको अवधारणालाई प्राथमिकतामा राखेर नयाँ कार्यसमिति चयन गरिनेछ ।

यसैबीच, नयाँ अध्यक्षका लागि हाल अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा अमेरिकानिवासी प्रभु थापा उम्मेदवारका रूपमा अघि सरेका छन् । संगठनात्मक अनुभव, सांगठनिक क्षमता तथा विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभवका आधारमा थापाको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

संगठनलाई थप सुदृढ, पारदर्शी र परिणाममुखी बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रवासी नेपालीको साझा आवाजलाई प्रभावकारी रूपमा उठाउन सक्ने नेतृत्वका रूपमा थापालाई हेरिएको छ ।

अधिवेशनमा प्रतिनिधिहरूबीच सहमति र एकताको वातावरण बन्ने तथा अध्यक्षका उम्मेदवार थापा निर्विरोध निर्वाचित हुने अपेक्षा गरिएको छ ।नयाँ नेतृत्व चयनसँगै प्रवासी नेपालीका अधिकार, पहिचान र मातृभूमिसँगको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा अधिवेशन महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित