Logo
Logo
समाचार

प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध निर्वाचित

दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष र महिला उपसचिव निर्विरोध, उपाध्यक्ष, सचिव र खुला उपसचिवमा प्रतिस्पर्धा हुने।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २० गते ०१:४४
४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं: नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट प्रभुराम थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। कात्तिक १८ र १९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।

अध्यक्ष पदमा थापाको एकल उम्मेदवारी परे पनि अन्य पदाधिकारी र सदस्य पदमा भने निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदका लागि चानक राज पोखरेल र टकबहादुर गुरुङबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै सचिव पदमा रामशरण सिम्खडा र सन्तोष कुमार भट्टराई उम्मेदवार छन्। उपसचिव खुलातर्फ कृष्ण प्रसाद लामिछाने र सुरेश केसी (सूर्य) चुनावी मैदानमा छन् भने महिला उपसचिवमा ज्योती देवी शर्माको एकल उम्मेदवारी रहेको छ।

समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार ३० सदस्यीय केन्द्रीय समितिका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी परेको छ। मध्यपूर्व क्षेत्रबाट कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ, तेजबहादुर कटुवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, शालिग्राम पन्त र महिलातर्फ इन्दिरा कटुवाल तथा रस्मी राई (गुरुङ) उम्मेदवार छन्।

त्यसैगरी युरोपबाट इन्द्रप्रसाद ओली, गोविन्द प्रसाद पौडेल, चन्द्रकान्त आचार्य, टीकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया तथा महिलातर्फ चन्द्रा कुमारी गुरुङ र सरस्वती केसी प्रतिस्पर्धामा छन्। अमेरिका क्षेत्रबाट प्रकाश बस्नेत, रमेश प्रसाद घिमिरे घिताल र महिलातर्फ कुन्ती थापा तथा जानकी कार्की उम्मेदवार छन्।

पूर्वी एसियाबाट अनित थपलिया, वसन्त राई, रामचन्द्र लोचन र महिलातर्फ डा. सन्जुकुमारी पौडेल तथा ओसियाना क्षेत्रबाट केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र महिलातर्फ सीता केसी थापाको उम्मेदवारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित