Logo
Logo
समाचार

प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँ’ : केपी ओली

शनिवार संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ३ गते १७:१२
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन नेकपा एमाले तयार रहेको बताएका छन् । 

शनिवार संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले प्रतिक्रियावादीहरुले खुट्टा बजारे भन्दै नडराउन आग्रह गर्दै मनोबल दरो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले फेरि पञ्जा लडाउँदा अग्रगामी शक्तिहरूकै विजय हुने दाबी गरे । प्रतिगमनको जित क्षणिक हुने भन्दै सत्यको नै जित हुने बताए। आफूहरूमाथि झुटो कुरा फैल्याएर भ्रम फिँजाइएको भन्दै उनले सत्यको बाटोमा सधैँ अग्रसर रहने बताए। 

अध्यक्ष ओलीले भने, ‘म साथीहरूलाई आज संविधान दिवसको सन्दर्भमा आग्रह गर्न चाहन्छु, मनोबल दरो बनाउनु, प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरे भन्दैमा भाग्ने होइन । हामी प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउने तयार छौँ, र फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्नेछौँ । प्रतिगमनले एकछिन जित्छ, सत्यले सधैँ नै। असत्यले भ्रमले एकछिनका लागि लिन्छ । भ्रम नै सत्य भनेर स्थापित भइसक्ने भए हामीहरू जस्ता मान्छेलाई जति आरोप, जति लाञ्छना, जति झुटो कुराहरू फैलाएर बदनाम र अपमान गर्ने गरेको छ, त्यो त हामी त बरफको सानो डल्लो जस्तो, घाममा राखिदिएको जस्तो, बालुवामा राखेको जस्तो, उहिल्यै दिलाएर पग्लिएर सकिन्थ्यो। गल्ती हामी गर्दैनौँ । जानेबुझीसम्म गल्ती गर्दैनौँ, भएका रहेछौँ भने अघि नै भनेँ मैले। रियलाइजेसनको क्यापासिटी हामीसँग छ, रिजिलियन्सको क्यापासिटी हामीसँग छ। त्यसो भएको हुनाले हामी विथ रियलाइजेसन रिजिलियन्सका लागि अगाडि बढ्छौँ र आगामी केन्द्रीय कमिटीले पार्टीलाई अझ एक ढिक्का, अझ मजबुत बनाएर अगाडि लानेछ ।’

अध्यक्ष ओलीले गल्ती भए सच्याउने र स्वीकार गर्ने क्षमता नेकपा एमालेमा रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित