Logo
Logo
समाज

प्रधानमन्त्रीले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संसद सचिवालयलाई पठाए पत्र

त
तिलिचो न्यूज
२०८३ भदौ ९ गते १५:४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ - प्रधानमन्त्री बालेन शाह कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन्। प्रधानमन्त्री शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुनेछन्, जहाँ सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ।

सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरूमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। कालो चस्मा लगाउनुपर्ने अवस्था रहे स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन उनले आग्रह गरेका थिए।

यस्तो आग्रहपछि पनि प्रधानमन्त्री कालो चस्मामै संसदमा उपस्थित हुने भएका हुन्।

प्रधानमन्त्रीले कालो चस्मा लगाउनैपर्नाका कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।

प्रधानमन्त्रीले आँखामा समस्याका कारण कालो चस्मा लगाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य रिपोर्ट नै संसद सचिवालयमा पठाएका हुन्।

उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्रीले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखा परीक्षण गराएका थिए।

लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा परीक्षण गरेका थिए।

आँखा परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुन्छ भने आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने पनि रिपोर्टमा उल्लेख छ।

त्यसकारण प्रधानमन्त्रीले कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित