Logo
Logo
समाज

प्रधानमन्त्रीलाई कुलमानसहितका नेताहरूले भेटे, बाढी र राहतबारे छलफल

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १८ गते १८:५३
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा उनीहरूबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षति, प्रभावित क्षेत्रमा जारी खोज, उद्धार, घाइतेहरूको उपचार तथा राहत वितरणका विषयमा छलफल भएको छ।

बाढीका कारण क्षति पुगेका भौतिक पूर्वाधारहरूलाई कसरी शीघ्र पुनः सञ्चालनमा ल्याउने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

बिहीबार नै प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरे।

प्रधानमन्त्री र अध्यक्ष घिसिङबीचको भेटमा पनि भोटेकोशी बाढीबाट सिर्जित परिस्थिति र अन्य समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित