Logo
Logo
समाचार

प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमण: दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

नेकपाका प्रमुख सचेतक युवराज दुलालले‘राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाएर जाँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद बढ्थ्यो, तर प्रधानमन्त्रीले सर्वदलीय परामर्श र पूर्वप्रधानमन्त्रीहरूसँगको अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा जानु कमजोरी हो ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ७ गते २२:४७
१३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा भएको भ्रमणलाई लिएर प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।

भ्रमणअघि संसदमा सम्बोधन गर्नुपर्ने र सर्वदलीय परामर्श लिनुपर्ने विगतको परम्परालाई बेवास्ता गरिएको भन्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रश्न उठाएका हुन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीको भ्रमण राष्ट्रिय गौरव र पहिचानसँग जोडिएकाले यसमा व्यापक गृहकार्य आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले राष्ट्रिय सलामी नलिएको विषयमा टिप्पणी गर्दै दुलालले यदि यो त्रिशूली बाढीका कारण घोषित शोकको सम्मानमा गरिएको हो भने यसलाई स्वाभाविक रूपमा लिन सकिने बताए । यद्यपि, राष्ट्रिय पहिचानका लागि यस्ता प्रोटोकलहरू परम्परागत र महत्वपूर्ण हुने उनको भनाइ छ । साथै, विगतको तुलनामा प्रधानमन्त्रीको भ्रमण टोलीको सङ्ख्या कटौती भएको विषयलाई उनले सकारात्मक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाएर जाँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कद बढ्थ्यो, तर प्रधानमन्त्रीले सर्वदलीय परामर्श र पूर्वप्रधानमन्त्रीहरूसँगको अनुभव आदानप्रदान नगरी एकलौटी रूपमा जानु कमजोरी हो ।’

दुलालले अन्तर्राष्ट्रिय कुटनीतिक वृत्तमा हुने ‘साइडलाइन’ वार्ताहरूको महत्वमाथि पनि जोड दिए । नेपालको विकास साझेदार मुलुकहरूसँग द्विपक्षीय वार्ता नहुनु कुटनीतिक रूपमा कमजोरी हुन सक्ने उनले औँल्याए । प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको प्राकृतिक विपत्ति र ‘क्लाइमेट जस्टिस’ को मुद्दालाई राष्ट्रसंघीय मञ्चमा सशक्त ढंगले उठाउनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित