समाचार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर ७ गते १६:१३
९
0
CommentsShares

नयाँ दिल्ली- भारत भ्रमणमा रहेका नेपालका प्रधामनन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ‘गार्ड अफ अनर’ प्रदानबाट सम्मान गरिएको छ। राष्ट्रपति कार्यालयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई सम्मान गरेका हुन्।
शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न राष्ट्रपति कार्यालय झकिझकाउ बनाइएको थियो। अब केहीबेरमा दुवै देशका प्रधानमन्त्रीबीच हैदरवाद भवनमा भेटवार्ता र छलफल हुनेछ। मोदीले आजै शाहलाई दिवा भोजमा पनि सरिक गराउने कार्यक्रम छ। आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि प्रधानमन्त्री शाहले भेटवार्ता गर्ने कार्यक्रम छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




