Logo
Logo
समाचार

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोडभन्दा बढी मौज्दात

हाल कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ। त्यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको सचिवालयले जनाएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २४ गते १८:४२
१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ रहेको छ। त्यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको सचिवालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका व्यक्ति तथा संघसंस्थालाई सार्वजनिक आह्वान गरेको थियो। सरकारको आह्वानपछि प्राप्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

सरकारले कोषमा संकलित रकम विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका काममा उपयोग गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित