Logo
Logo
समाचार

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

साप्ताहिक प्रेस ब्रिफिङमार्फत सरकारले चाडपर्वको समयमा कृत्रिम अभाव, कालोबजारी, जम्माखोरी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी बजार अनुगमनलाई सघन बनाउने जनाएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २३ गते २०:१४
१०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न सक्ने सम्भावित दबाबलाई दृष्टिगत गर्दै सरकारले अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित साप्ताहिक प्रेस ब्रिफिङमार्फत सरकारले चाडपर्वको समयमा कृत्रिम अभाव, कालोबजारी, जम्माखोरी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी बजार अनुगमनलाई सघन बनाउने जनाएको छ ।

केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७५औँ बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले चाडपर्वमा हुने अत्यधिक भीडभाडलाई मध्यनजर गर्दै शान्ति सुरक्षा, सार्वजनिक यातायातको सुगम व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी राख्ने निर्णय गरेको छ । साथै, स्वास्थ्य, खानेपानी, विद्युत् र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरू चाडपर्वका समयमा समेत निरन्तर सुचारु राख्न निर्देशन दिइएको छ ।

तीनवटा अध्यादेश जारी गर्न सिफारिस

मन्त्रिपरिषद्को असोज २१ गतेको निर्णयअनुसार भूमि, विपद् र वनसम्बन्धी कानुन संशोधनका लागि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । जसमा ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८३’, ‘विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८४’ र ‘वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रुपैयाँ जम्मा भएको छ । उक्त कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।

हेलो सरकारमा गुनासो व्यवस्थापन र अनुगमन

नागरिकका गुनासो सम्बोधनका लागि सञ्चालनमा रहेको ‘हेलो सरकार’ मा यस साता १,७६७ वटा गुनासो प्राप्त भएका छन् । जसमध्ये श्रमिकको ज्याला तथा दसैँ भत्ता भुक्तानी, ग्यास अभाव, सवारी भाडा वृद्धि र बजारमा बिलबिजक जारी नभएका विषयहरू प्रमुख रूपमा रहेका छन् । यसैगरी, राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न कार्यालयहरूमा गरेको अनुगमनका क्रममा समय पालना नगर्ने र तोकिएको पोसाक नलगाउने १,१६७ जना कर्मचारीलाई नियमानुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित