प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं — बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत विपद् प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ। कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी ती कोषमा स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ।
कार्यालयका अनुसार आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो। हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलरसमेत जम्मा भएको जनाइएको छ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग, उचित व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको क्यूआर कोड र ‘प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष’ नामका बैंक खातामार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ।
खातासम्बन्धी विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



