प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूतबीच शिष्टाचार भेटवार्ता
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत श्री सुधाकर दलेलाबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत श्री सुधाकर दलेलाबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा भारतीय राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश प्रधानमन्त्री शाहलाई सुनाउनुभएको थियो। साथै, आगामी उच्चस्तरीय भ्रमणका लागि भइरहेका तयारीबारे जानकारी गराउनुभएको थियो।
भेटमा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा बाढीपश्चात नेपाललाई प्राप्त सहयोगका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।
नेपालस्थित भारतीय दूतावासका अनुसार भेटमा नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।
भारतले दुई देशबीचको गहिरो सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध र जनस्तरको बलियो सम्पर्कमा आधारित साझेदारीलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




