Logo
Logo
समाचार

प्रधान न्यायाधीश शर्मा चीन प्रस्थान

चीनको ग्वाञ्जाओमा आयोजना हुने चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ४ गते १७:५३
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा आयोजना हुने चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा चीन गएका हुन्।

प्रधान न्यायाधीश शर्मासँग सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल पनि चीन भ्रमणमा सहभागी छन्।

कार्यक्रममा न्याय तथा कानुनका क्षेत्रमा भएका अभ्यास, अनुभव र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रधान न्यायाधीश शर्मा केही समयअघि सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए। न्यायपालिकाको संस्थागत सुधार, न्यायिक सुशासन र सूचना प्रविधिको प्रयोगलाई उनले आफ्नो कार्यकालका प्राथमिकताका रूपमा अघि सारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित