Logo
Logo
समाचार

प्रचण्डको टिप्पणी– बालेनको भारत भ्रमण मेरोजत्तिको भएन

भ्रमणलाई कतिपयले ‘ऐतिहासिक’ र ‘विशिष्ट’ भनी चर्चा गरे पनि त्यस्तो कुनै नयाँ र तात्विक उपलब्धि नभएको उनको टिप्पणी छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १० गते २३:०५
१५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा मात्रै लिनुपर्ने बताएका छन् ।

उक्त भ्रमणलाई कतिपयले ‘ऐतिहासिक’ र ‘विशिष्ट’ भनी चर्चा गरे पनि त्यस्तो कुनै नयाँ र तात्विक उपलब्धि नभएको उनको टिप्पणी छ ।

आज सञ्चारकर्मीसँग बोल्दै दाहालले भ्रमणबारे अतिरञ्जित चर्चा भइरहेको बताए ।

‘मैले हेर्दाखेरि यो सामान्य र नियमित भ्रमणको रूपमा बुझेको छु’, उनले भने, ‘एउटा विशिष्टता जस्तो कोही कोहीले भन्न खोजेका छन्– उत्पात भयो, इतिहास बन्यो, यो सही होइन । एकपटक प्रधानमन्त्री जानुपर्थ्यो र गएपछि केही विषयमा छलफल हुनु स्वाभाविक हो । नयाँ र ठुलो काम भयो भन्न मिल्दैन ।’

पछिल्लो पटक प्रधानमन्त्रीका हैसियतले आफूले गरेको आधिकारिक भारत भ्रमणका बेला उठेका विषयहरूको स्तरमा समेत प्रधानमन्त्री शाहको भ्रमण पुग्न नसकेको दाहालले दाबी गरे ।

‘मैले आफ्नो अफिसियल भिजिटको बेलामा चाहे एयर रुटको कुरा होस्, चाहे विद्युत व्यापारसँग सम्बन्धित कुरा होस्, चाहे सीमासम्बन्धी कुरा होस्, त्यो स्तरमा पनि बालेनको भ्रमण पुगेको जस्तो मलाई लाग्दैन,’ उनले भने ।

सीमा समस्याका सन्दर्भमा बोल्दै दाहालले आफ्नो भ्रमणका क्रममा आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवैले ‘छिट्टै सीमा समस्या हल गर्छौँ’ भनी सार्वजनिक रूपमै प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे । तर, अहिलेको भ्रमण त्यस स्तरमा पुग्न नसकेको उनको जिकिर छ ।
भैरहवाको एयर रुट तथा नेपालगञ्ज र धनगढीसम्बन्धी विषय त्यतिबेलै उठेको उल्लेख गर्दै उनले अहिले तात्विक प्रगति नदेखिएको बताए ।

‘अहिले सैद्धान्तिक रूपले भयो भन्दा बढी भएको मैले तात्विक रूपमा देखेको छैन,’ उनले भने।

प्रधानमन्त्री भारत जानु र भारतीय समकक्षीसँगको सम्बन्ध सुमधुर देखिनुलाई भने सकारात्मक रूपमा लिनुपर्ने बताए ।

उनले भने, ‘तैपनि प्रधानमन्त्री भारत जानुपर्थ्यो, जानुभयो । मोदीजीसँग राम्रै अङ्कमाल गरेर आउनुभएको छ, त्यसलाई चाहिँ मैले फेरि सकारात्मक रूपले नै हेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित