Logo
Logo
समाचार

पोखरामा युवामाथि लुटपाटको प्रयास गर्ने दुई जना पक्राउ

पोखरामा एक युवामाथि गुण्डागर्दी शैलीमा लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ९ गते २१:३४
२९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

कास्की । पोखरामा एक युवामाथि गुण्डागर्दी शैलीमा लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

सामाजिक सञ्जालमा युवकलाई जबर्जस्ती खानतलासी गरेको भिडियो भाइरल भएपछि अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तीन जना व्यक्तिहरू मिलेर एक युवकलाई लुटेरा शैलीमा शरीर खानतलासी गरिरहेको दृश्य सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो। उक्त भिडियो बाहिरिएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास एवं अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटना २०८३ मंसिर ७ गते पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पृथ्वीचोकमा घटेको खुलेको थियो।

घटनामा संलग्न रहेको पुष्टि भएपछि कास्की प्रहरीले बुधबार पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोड बस्ने ३६ वर्षीय यामु रानाभाट र वडा नम्बर ९ पृथ्वीचोक बसपार्क बस्ने २६ वर्षीय अर्जुन नेपालीलाई पोखरा महानगरपालिका वडा नम्बर ६ अन्नपूर्ण गल्लीबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, ‘सार्वजनिक स्थानमा गुण्डागर्दी तथा आपराधिक गतिविधि गर्नेहरूमाथि कडा निगरानी राखेर कानुनी कारबाही अघि बढाइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित