Logo
Logo
समाचार

पोखरामा विदेशी पर्यटकलाई भाइटिका, नेपाली संस्कृति र परम्परामा रमाए पाहुना

पर्यटकीय नगरी पोखरामा आयोजित १९औँ भाइटिका महोत्सवमा विदेशी पर्यटकले नेपाली परम्परा अनुसार टीका लगाएर तिहार मनाएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २६ गते ०३:३८
३९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । पर्यटकीय नगरी पोखरामा आयोजित १९औँ भाइटिका महोत्सवमा विदेशी पर्यटकले नेपाली परम्परा अनुसार टीका लगाएर तिहार मनाएका छन्। 

नेपाली संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्ने अवसरका रूपमा आयोजित महोत्सवमा पर्यटकले सप्तरंगी टीका र सयपत्री फूलको माला लगाउँदै भाइटिका मनाएका हुन्।

होटेल संघ पोखराको आयोजनामा भएको महोत्सवमा सहभागी विदेशी पाहुनाले नेपाली मौलिक परम्पराअनुसार भाइटिका लगाउनुका साथै परम्परागत खानाका परिकारको स्वादसमेत लिएका छन्।

महोत्सवमा विदेशी पर्यटकलाई नेपाली संस्कृतिअनुसार टीका लगाइदिएर स्वागत गरिएको थियो। उनीहरूले सेलरोटी र नेपाली दालभातलगायतका परिकारको स्वाद लिँदै नेपाली चाडपर्वको अनुभव बटुले।

नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले होटेल संघ पोखराले प्रत्येक वर्ष भाइटिका महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष महोत्सवको १९औँ संस्करण आयोजना गरिएको हो।

भाइटिका नेपालीहरूको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने तथा मखमली र सयपत्री फूलको माला पहिर्‍याइदिने परम्परा छ।

पोखरामा आयोजना हुने यस्ता सांस्कृतिक महोत्सवले विदेशी पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै नेपालको मौलिक संस्कृति र सामाजिक परम्परासँग परिचित हुने अवसर प्रदान गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित