पोखरामा पर्यटकलाई हैरानी दिने १५ जना प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा पर्यटकलाई दुःख–हैरानी दिने १५ जना पक्राउ परेका छन्।

पोखरा । चाडपर्वलाई लक्षित गरी
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा पर्यटकलाई दुःख–हैरानी दिने १५ जना पक्राउ परेका छन्।
प्रहरीले पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा सञ्चालन गरेको अप्रेसनका क्रममा पर्यटकलाई जबर्जस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै झोला तान्ने तथा करकाप गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सार्वजनिक सवारीसाधनमा जबर्जस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै पर्यटकको झोला तान्ने ६ जना, अफलाइन पठाओ तथा इन्ड्राइभका चालक आठ जना र बोलेरो जिपका एक चालक रहेका छन्।
नियन्त्रणमा लिइएका १५ जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




