Logo
Logo
समाचार

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु. एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २५ गते २२:२५
१९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु. एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो । 

उक्त अवधिमा लक्ष्यभन्दा बढी रु. एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए । 

सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा रु. २० करोड ३० लाख २२ हजार बढी अर्थात् ११३ प्रतिशत प्रगति हो ।

पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुंगानाले बताए । यस अवधिमा आयकरतर्फ रु ७९ करोड ४४ लाख ८३ हजार संकलनको लक्ष्य राखिएकोमा रु. एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उनले जानकारी दिए । 

घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुंगानानाले बताए । 

रु. एक करोड ८१ लाख ९१ हजार लक्ष्य रहेको घर वहालकरमा रु. एक करोड ३१ लाख ३८ हजार (७२ प्रतिशत) जम्मा भएको छ । 

त्यस्तै ब्याजकरतर्फ रु. नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य राखिए पनि रु. चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उनले जानकारी दिए। 

मूल्य अभिवृद्धि कर (मूअकर)मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुंगानाले जानकारी दिए । रु. ५३ करोड ३२ लाख ९९ हजार मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भयो । 

अन्त:शुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको प्रमुख कर अधिकृत ढुंगानाले जानकारी दिए । 

रु. छ करोड १७ लाख ४५ हजार लक्ष्य रहेको अन्त:शुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् रु.आठ करोड ८३ लाख २२ हजार संकलन भएको उनले बताए । अन्य करमा रु. ६१ लाख ७६ हजार लक्ष्य तोकिएकामा रु. दुई करोड ३७ लाख ६ हजार जम्मा भएको छ । 

नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुंगानाले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित