Logo
Logo
विविध

पोखरा विश्वविद्यालयका चार संकायमा डीन नियुक्तिका लागि आवेदन आह्वान

विश्वविद्यालयको उपकुलपति कार्यालयले आज एक सूचना जारी गर्दै व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्वास्थ्य विज्ञान संकायको डीन पदका लागि आवेदन माग गरेको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २ गते १५:२३
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा । पोखरा विश्वविद्यालयले चारवटा संकायमा रिक्त डीन पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयको उपकुलपति कार्यालयले आज एक सूचना जारी गर्दै व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्वास्थ्य विज्ञान संकायको डीन पदका लागि आवेदन माग गरेको हो ।

डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ। विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको एकडब्लुओटी विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।

खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना तथा त्यसको कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने विश्वविद्यालयको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित