Logo
Logo
समाचार

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा ऋण र भुक्तानीको विवरण झिकाउन आदेश

भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले निर्माण कम्पनीलाई गरिएको भुक्तानी र चिनियाँ एक्जिम बैंकबाट लिइएको ऋणसम्बन्धी विवरण झिकाउन आदेश दिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २१ गते ०१:२९
३६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले निर्माण कम्पनीलाई गरिएको भुक्तानी र चिनियाँ एक्जिम बैंकबाट लिइएको ऋणसम्बन्धी विवरण झिकाउन आदेश दिएको छ ।

विशेष अदालत काठमाडौंको इजलास नं. १ मा अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सम्बद्ध निकायहरूबाट दुईवटा मुख्य विवरण माग गरी नियमानुसार पेश गर्न आदेश जारी गरेको हो ।

अदालतले जारी गरेको आदेशमा विमानस्थल निर्माण कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल भरपाईको विवरण, हालसम्म भएको भुक्तानी तथा भुक्तानी हुन बाँकी रकमको विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन भनिएको छ ।

नेपाल सरकारले चिनियाँ एक्जीम बैंकसँग लिएको ऋण रकम, त्यसको भुक्तानी प्रक्रिया र हालसम्मको किस्तागत भुक्तानीको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट झिकाउन आदेश दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित उच्च अधिकारीहरूविरुद्ध निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर तथा महसुल छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्‍याएको अभियोगमा मुद्दा दायर गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङबीच भएको मूल खरिद सम्झौतामा सम्पूर्ण कर, महसुल र शुल्कहरू ठेकेदार कम्पनीले नै व्यहोर्नुपर्ने स्पष्ट व्यवस्था थियो ।

तत्कालीन अर्थमन्त्री कार्कीसहितका अधिकारीहरूको संलग्नतामा मूल सम्झौता विपरीत इम्प्लिमेन्टेसन एग्रिमेन्ट तयार पारी कम्पनीलाई बदनियतपूर्वक कर छुट दिइएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित