Logo
Logo
समाचार

फ्रान्सका गृहमन्त्रीले दिए राजीनामा ?

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले सप्ताहान्तमा भएका हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २ गते १९:५९
५१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले सप्ताहान्तमा भएका हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएका छन् । 

फ्रान्स इन्टरसँग सोमबार बिहान कुरा गर्दै नुनेजले आफूले घटनाको जिम्मेवारी महसुस गरेपछि राजीनामा बुझाएको बताए ।

यसअघि राष्ट्रपति कार्यालय एलिसी प्यालेसले राष्ट्रपति इम्यानुएल म्याक्रोनले नुनेजको राजीनामा अस्वीकार गरेको जनाएको थियो । म्याक्रोनले उनलाई फ्रान्सका सडकलाई कसरी सुरक्षित बनाउन सकिन्छ र दङ्गामा संलग्नलाई कसरी न्यायको दायरामा ल्याउन सकिन्छ भन्ने विषयमा काम गर्न आग्रह गरेका थिए ।

नुनेजका अनुसार उनका टोलीले देशभर दुई लाख प्रदर्शनकारी सहभागी हुने अनुमान गरेका थिए । तर शनिबार फ्रान्सभर ५ लाख ५० हजारभन्दा बढी मानिस भेला भएको अनुमान गरिएको छ ।

Aमहँगी अत्यधिक बढेको र आर्थिक अवस्था कठिन भएको विरोधमा आम जनता सडकमा उत्रिएपछि आन्दोलन  हिंसात्मक बन्न पुगेको थियो ।

उसो त सेप्टेम्बरको मध्यदेखि नै विद्यार्थीहरूले विद्यालयको जीर्ण भवन, शिक्षकको अभाव र शिक्षाको खस्कँदो गुणस्तरविरुद्ध आन्दोलन सुरु गरेका थिए। सुरुमा विद्यालयका मुद्दाबाट सुरु भएको यो आन्दोलन पछि शिक्षक, पेन्सनधारी र कामदारहरू जोडिँदै गएर देशव्यापी रूपमा फैलिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित