Logo
Logo
समाचार

फिलिपिन्सको मायोन ज्वालामुखीमा शक्तिशाली विष्फोट: ३ किलोमिटरसम्म खरानीको मुस्लो,सतर्कता स्तर ३ जारी

फिलिपिन्सको उत्तरी क्षेत्रस्थित अल्बे प्रान्तमा रहेको चर्चित तथा अत्यधिक सक्रिय मायोन ज्वालामुखी शुक्रवार मध्याह्न विष्फोट भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १४ गते १७:१५
३३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । फिलिपिन्सको उत्तरी क्षेत्रस्थित अल्बे प्रान्तमा रहेको चर्चित तथा अत्यधिक सक्रिय मायोन ज्वालामुखी शुक्रवार मध्याह्न विष्फोट भएको छ । 

फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सिस्मोलोजी (फिभोल्क्स) काअनुसार स्थानीय समयअनुसार बिहान ११:५३ बजे भएको मध्यम स्तरको विष्फोट करिव ६ मिनेटसम्म जारी रहेको थियो, जसका कारण आकाशमा ३ हजार मिटर अग्लो खरानीको विशाल मुस्लो फैलिएको छ । ज्वालामुखी विज्ञान निकाय ‘फिभोल्क्स’ ले जारी गरेको विज्ञप्तिअनुसार विष्फोटबाट निस्किएको खरानी र धुलो पश्चिम तथा दक्षिण–पश्चिम दिशातर्फ फैलिने अनुमान गरिएको छ ।

 विष्फोटको तिब्रता र म्याग्माको सक्रियतालाई मध्यनजर गर्दै निकायले सतर्कता स्तर (अलर्ट लेभल) २ बाट बढाएर ३ पुर्‍याएको छ । अधिकतम ५ तहको मापन प्रणालीमा स्तर ३ ले ज्वालामुखी म्याग्मा विष्फोटको नयाँ चरणमा प्रवेश गरेको र आउँदा दिनहरूमा लाभा प्रवाह तथा घातक ‘पाइरोक्लास्टिक डेन्सिटी करेन्ट’ को सम्भावना उच्च रहेको संकेत गर्छ । 

जोखिमलाई दृष्टिगत गर्दै सम्भावित मानवीय क्षति रोक्न अधिकारीहरूले ज्वालामुखीको ६ किलोमिटर वरपर रहेको ‘स्थायी जोखिम क्षेत्र’ (पर्मानेन्ट डेन्जर जोन) बाट तत्काल सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई सिफारिस गरेका छन् । ज्वालामुखीका कारण पहाडको माथिल्लो तथा मध्य भूभागमा तातो लाभा र ढुङ्गासहितको बहाव तीव्र हुन सक्ने चेतावनी दिइएको छ ।

 यसैगरी, खरानीको बाक्लो मुस्लो र धुवाँका कारण हवाई उडानहरू प्रभावित हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नागरिक उड्डयन प्राधिकरणलाई शतर्क गराइएको छ । विमान चालकहरूलाई ज्वालामुखीको चुचुरो आसपासका आकाशमा उडान नगर्न र सुरक्षित हवाई रुट प्रयोग गर्न कडा निर्देशन जारी गरिएको छ । आफ्नो लगभग पूर्ण सममितीय शंकु आकार (कोनिकल सेप) का लागि विश्वभर प्रख्यात मायोन फिलिपिन्सका २४ वटा सक्रिय ज्वालामुखिहरूमध्ये सबैभन्दा संवेदनशील मानिन्छ । 

यसअघि पनि पटक–पटक भएका घातक विष्फोटहरूका कारण यस क्षेत्रबाट हजारौँ मानिसहरूलाई सामूहिक रूपमा विस्थापित गर्नुपरेको लामो इतिहास छ । पछिल्लो विष्फोटसँगै स्थानीय विपद् व्यवस्थापन निकायहरूलाई उच्च शतर्कतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित