Logo
Logo
समाचार

फाइनल प्रवेशको खेलमा चितवनले टस जितेर रोज्यो ब्याटिङ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ३ गते २२:३२
१२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ। बिहीबारको यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ।

सुदूरपश्चिमले खेल्ने टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई खेलाइएको छ। चितवनले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ।

सुदूरपश्चिम यसअघि लुम्बिनीसँग पराजित भएको थियो। चितवन भने बुधबार काठमाडौँलाई प्रतियोगिताबाट बाहिर पार्दै यो खेलसम्म आइपुगेको हो।

खेल २ नम्बर पिचमा हुँदै छ। यसअघि पोखराले यही पिचमा २०० रनभन्दा बढीको योगफल बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित