Logo
Logo
समाचार

पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया, ७ दिनभित्र मापदण्ड तयार गरिने

त
तिलिचो न्यूज
२०८३ भदौ ५ गते ०२:५८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बेलुका बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले पीपीएका लागि आवश्यक मापदण्ड तयार गरी ७ दिनभित्र सञ्चालक समितिमा पेस गर्नेछ।

उपसमितिमा विद्युत् विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडीई शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य रहेका छन्। प्राधिकरणको व्यापार शाखाका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाअनुसार उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकहरूसँग विद्युत् खरिद सम्झौता गर्ने विषयमा विद्यमान आधार तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेत अध्ययन गरी पीपीएको मापदण्ड तयार गर्न उपसमिति गठन गरिएको प्राधिकरणले जनाएको छ।

उपसमितिले अध्ययन तथा विश्लेषण गरी तयार पार्ने मापदण्डका आधारमा पीपीए प्रक्रिया अघि बढाइनेछ। यससँगै लामो समयदेखि पीपीएको प्रतीक्षामा रहेका ऊर्जा उत्पादकका आयोजनाले समेत प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित