Logo
Logo
समाचार

पौडीमा विकास र लिलीको राष्ट्रिय कीर्तिमान, पहिलो दिन दुई नयाँ रेकर्ड

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ९ गते १८:३४
३७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

सुर्खेत- दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गतन नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगीता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

नेपालगन्ज रंगशालामा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाए। यसअघि उनले सन् २०२६ मा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए।

महिलातर्फको ४०० मिटर (आइएम) एनआरएनए लिली बोहराले ५ मिनेट १७.०१ सेकेण्डको नयाँ कीर्तिमान बनाएकी छन्। यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औं सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्। सोफियाको कीर्तिमान १०औं राष्ट्रिय खेलकुदको हिटचरणमा नै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले भंग गरेका थिए। तर लिलीको नाममा भने ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनेको छ।

हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान तोड्न सफल भएकी थिइन भने डुआनाले पनि राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै ५ मिनेट २५.१७ सेकेन्डमा पुरा गरेकी थिइन्।

१५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण १७ मिनेट (४८.६१ सेकेन्ड), सुदूरपश्चिमका अर्थभ सिंहले रजत ९१८ मिनेट (६.९४ सेकेन्ड) र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले कास्य ९१९ मिनेट ५५.६० सेकेन्ड) पदक जिते ।

महिला ४०० मिटर ब्यक्तिगत मिडलेमा एनआरएनए लिलीले स्वर्ण ९५ मिनेट १७.०१ सेकेन्ड), आर्मीकी डुआनाले रजत ९५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले ९६ मिनेट ४२ सेकेन्ड) कास्य पदक प्राप्त गरिन्।

५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकासले स्वर्ण (३०.८४ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत ९३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड)ले कास्य पदक जिते। ५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआनाले स्वर्ण, बागमतीकी रोयल प्रजापतिले रजत र बागमतीकै प्रज्ना ताम्राकारले कास्य पदक जितिन्।

१०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले रजत र आर्मीका अल्भीन महर्जनले कास्य पदक हासिल गरे। १०० मिटर महिला फ्रिस्टाइलमा एनआरएन मिखा काया थापाले स्वर्ण, आर्मीकी डुआनाले रजत र एनआरएन लिलीले कास्य पदक हासिल गरिन् । २ सय मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण, सुदूरपश्चिमका अर्थव सिंहले रजत र बागमतीका रिभान्त बहादुर श्रेष्ठले कास्य जिते।

महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनए मिखाले स्वर्ण, पुलिसकी देभान्सीले रजत र बागमतीकी आर्या महर्जनले कास्य पदक जितिन्। ४ गुणा १०० मिटर पुरुष मिडलेभ रिलेमा आर्मीले स्वर्ण, बागमतीले रजत र पुलिसले कास्य जित्यो। महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेभमा बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य जित्यो।

त्यस्तै मिक्स ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेभमा बागमतीले स्वर्ण, आर्मीले रजत र पुलिसले कास्य प्राप्त गरेको छ । नेपालगन्ज रंगशालामा चार दिनसम्म चल्ने प्रतियोगीताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित