Logo
Logo
समाचार

पत्रकारमाथि धरपकडको विरोधमा महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएको भन्दै आन्दोलन घोषणा गरेको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १ गते २२:३०
४८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएको भन्दै आन्दोलन घोषणा गरेको छ । महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र मंसिर ९ गते सबै जिल्ला प्रशासन कार्यालयमा विरोध कार्यक्रम गर्ने जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको आरोप लगाइएको छ । सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको र गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निकालेर श्रम अधिकार उल्लंघन गरिएको विषय पनि महासंघले उठाएको छ ।

पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कायम नगरिएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले उदासीनता देखाएको महासंघको भनाइ छ ।

आन्दोलनका कार्यक्रमअनुसार मंसिर ५ गते संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखलाई ध्यानाकर्षण पत्र पठाइनेछ । मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)सँग छलफल गरिनेछ भने मंसिर ७ गते महासंघका जिल्ला शाखाले सञ्चार सम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन् ।

मंसिर ९ गते जिल्ला शाखाको आयोजनामा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित जिल्ला प्रशासन कार्यालयमा भेला हुने कार्यक्रम छ । माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित