Logo
Logo
समाचार

पत्रकार किशोर श्रेष्ठलाई धरपकड र पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

त
तिलिचो न्यूज
२०८३ भदौ ४ गते ०२:५७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं। पत्रकार किशोर श्रेष्ठलाई धरपकड र पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरलाई प्रतिवादी बनाएर श्रेष्ठले दायर गरेको निवेदनमा न्यायाधीश अच्युत कोइरालाको इजलासले बुधबार अन्तरिम आदेश दिएको हो।

प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिलमा परेको उजुरी कारवाहीयुक्त अवस्थामा रहेको तथा सर्वोच्च अदालतबाट भदौ १ गते आदेश भएको उल्लेख गर्दै उच्च अदालतले श्रेष्ठलाई धरपकड गर्ने, पक्राउ गर्ने र थुनामा राख्ने कार्य नगर्न अन्तरिम आदेश दिएको छ।

उच्च अदालतले आदेशमा भनेको छ, ‘प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राखे लगायतका कार्य नगर्नू, नगराउनू भनी विपक्षीका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम प्रत्यर्थीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ।’

यसअघि प्रहरीले भदौ १ ए २ गते जिल्ला अदालतमा श्रेष्ठलाई पक्राउ गर्न पुर्जीको माग गरेपछि अदालतले पक्राउ पुर्जी दिन अस्वीकार गरेको थियो। त्यसपछि श्रेष्ठले आफुलाई पुन: पक्राउको प्रयास हुनसक्ने भएकाले अन्तरिम आदेशको माग गर्दै पाटन उच्च अदालतमा निवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित