Logo
Logo
समाचार

पशुपतिमा सशस्त्र प्रहरी बलको सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा

मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्ससहितको मेडिकल टिम परिचालन भएको छ । यसैगरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्यांकरसहितको टोली पनि रातिदेखिनै खखटिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २९ गते १२:४५
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी र सुरक्षा प्रदान गरेको छ । यसका लागि सशस्त्र प्रहरीले ८ सय जनशक्ति परिचालन गरेको छ ।

आज बिहान २ बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्तिसुरक्षा, स्वास्थ्य लगायतको लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्ससहितको मेडिकल टिम परिचालन भएको छ ।

यसैगरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्यांकरसहितको टोली पनि रातिदेखिनै खखटिएको छ । पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्दार टोलीसमेत तयारी अवस्थामा राखिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्रले सूक्ष्म निगरानिका लागी मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोसाकमा समेत व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्दिर वरिपरिका क्षेत्रहरु तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी मन्दिर, बिश्वरुपा मन्दिर, गौरीघाटलगायतको क्षेत्रमा समेत आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित