Logo
Logo
समाचार

पश्चिमी वायुको प्रभावले पहाडी र हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ७ गते १२:३२
५८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

महाशाखाले आज दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान छ । देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित