Logo
Logo
समाचार

पर्यटकीय सिजनमै पोखराका होटल सुनसान, पर्यटकको संख्यामा भारी गिरावट

नेपालको पर्यटकीय राजधानी पोखरामा मुख्य पर्यटकीय सिजनमै पर्यटकको आगमन ह्वात्तै घटेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १६:२३
४३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं: नेपालको पर्यटकीय राजधानी पोखरामा मुख्य पर्यटकीय सिजनमै पर्यटकको आगमन ह्वात्तै घटेको छ। असोज र कात्तिक महिना सामान्यतया पोखराका लागि व्यस्त समय मानिए पनि यस वर्ष होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला बनेका छन्। अघिल्ला वर्षहरूमा ९० देखि ९५ प्रतिशतसम्म रहने होटल अकुपेन्सी अहिले मुस्किलले ६० प्रतिशतको हाराहारीमा झरेको छ।

पर्यटन व्यवसायीहरूका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढी र त्यसपछिका विभिन्न विपद्का घटनापछि जारी गरिएको ट्राभल एड्भाइजरीले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले सरकारले हतारमा र अपरिपक्व ढंगले सूचना जारी गर्दा नेपाल भ्रमणमा रहेका र आउने तयारीमा रहेका विदेशी पर्यटकहरू भड्किएको बताए। उनले जोखिम नभएका स्थानमा पनि पर्यटक नजान सूचना जारी गर्दा व्यवसाय थलिएको गुनासो गरे।

अन्नपूर्ण क्षेत्र, मनाङ, कालीगण्डकी कोरिडोर र मनास्लु पदमार्गका सडक तथा पदमार्ग बाढीले बगाउँदा पदयात्रा र तीर्थाटन दुवै प्रभावित भएका छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार भारतीय तीर्थयात्री, विदेशी पदयात्री र आन्तरिक पर्यटक गरी तीनै क्षेत्रबाट आउने पर्यटकको संख्यामा मन्दी देखिएको छ। हाल पोखरामा रहेका पर्यटकमध्ये करिब २५ प्रतिशत आन्तरिक पर्यटक छन्।

पोखराको पर्यटनमा करिब ८ खर्ब रुपैयाँ लगानी रहेको अनुमान छ, जसमध्ये ६ खर्ब होटल क्षेत्रमा मात्रै छ। व्यवसायमा आएको मन्दीका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको छ। अर्कोतर्फ, अधिकांश होटलहरूले वातावरण ऐन र स्थानीय मापदण्डका कारण नवीकरण गर्न नसक्दा थप समस्या भोगिरहेका छन्।

यद्यपि, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले सुरु गरेको सिधा उडानले केही आशा जगाएको छ। सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्म यस उडानमार्फत ६ हजार ३६२ यात्रुले यात्रा गरेका छन्। नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार गण्डकी प्रदेशमा पर्यटकको औसत बसाइ १२ दिन रहेको छ। विज्ञहरूले पर्यटकको संख्याभन्दा पनि उनीहरूको बसाइ लम्ब्याउने र वैकल्पिक सडक सञ्जाल निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित