Logo
Logo
समाचार

पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पहिरोका कारण नदी थुनिँदै गएपछि तटीय क्षेत्रमा जोखिम बढेकाे भन्दै प्रशासनले मर्स्याङ्दी नदीको तटीय तथा करिडोर आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १२ गते ००:५४
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं – मनाङको चामेमा पहिरो खसेपछि मर्स्याङ्दी नदीको बहाव प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार आइतबार साँझ करिब ७ बजे चामेस्थित मर्स्याङ्दी नदीमा पहिरो खसेर नदीको बहाव कम भएको हो ।

पहिरो खस्ने क्रम अझै नरोकिएको प्रशासनले जनाएको छ । साँझ पौने ८ बजेसम्म पनि नदी आसपास पहिरो खसिरहेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोका कारण नदी थुनिँदै गएपछि तटीय क्षेत्रमा जोखिम बढेकाे भन्दै प्रशासनले मर्स्याङ्दी नदीको तटीय तथा करिडोर आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले नदीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले नदी आसपास अनावश्यक रूपमा नजान तथा सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित