Logo
Logo
समाचार

पद्म नर्सिङ होमको अनुमतिमा मन्त्रीले घुस डिल गरेको आरोप, एमालेले बनायो छानबिन समिति

पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होमलाई १ सय बेडको अस्पताल सञ्चालन गर्ने अनुमति दिने भन्दै घुस डिलको आरोप लागेका पूर्वमन्त्रीमाथि छानबिन गर्न एमालेले समिति बनाएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ४ गते १७:४४
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा । पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होमलाई १ सय बेडको अस्पताल सञ्चालन गर्ने अनुमति दिने भन्दै घुस डिलको आरोप लागेका पूर्वमन्त्रीमाथि छानबिन गर्न एमालेले समिति बनाएको छ ।

एमालेबाट यसअघि स्वास्थ्यमन्त्री बनेका लक्ष्मणबहादुर पाण्डेमाथि छानबिनका लागि समिति गठन भएको हो । पद्म नर्सिङ होमलाई ५० शय्याबाट विस्तार गरी १ सय शय्याको अस्पताल सञ्चालन अनुमति दिने प्रक्रियामा तत्कालीन मन्त्री पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलाले घुस डिल गरेको आरोप छ । सञ्चारमाध्यममा यसबारे समाचार आएपछि छानबिन समिति गठन भएको हो ।

अस्पतालको क्षमता विस्तारका लागि २० लाख, २५ लाख हुँदै ३० लाख रुपैयाँसम्मको आर्थिक लेनदेनको बार्गेनिङ भएको दाबी गरिएको छ । अस्पतालको खाताबाट तत्कालीन मन्त्री पाण्डेका स्वकीय सचिव यादव पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरणसमेत बाहिरिएको थियो । यद्यपि, आरोपितहरूले भने लेनदेनको आरोप अस्वीकार गरेका छन् ।

स्वकीय सचिव पौडेलले रकमबारे कुरा भएको स्वीकारे पनि त्यो रकम नलिएको दाबी गरेका छन् । आफ्नो नाममा चेक काटिएकोबारेमा समेत आफू अनभिज्ञ रहेको उनले बताए ।

यता निवर्तमान मन्त्री पाण्डेले आफूले कुनै रकम नलिएको बताएका छन् । मापदण्ड पुगेकाले कानुनबमोजिम अनुमति दिनुपर्ने पक्षमा आफू रहेको र रोकिएको कामबारे समन्वय गर्नमात्र स्वकीय सचिवलाई भनेको उनले बताए ।

अस्पताल सञ्चालकले मन्त्रालयका सचिव बसौलाले रकम मागेको दाबी गरे पनि उनले चाहिँ आफूले कुनै रकम नमागेको र कुनै गलत काम नगरेको स्पष्ट पारेका छन् । रकमको वास्तविक लेनदेन भए नभएको छानविन गर्नकै लागि एमालेले प्रक्रिया अघि बढाएको प्रमुख सचेतक देवका पहारीले बताइन् ।

एमाले संसदीय दलले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाएको छ । पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होमलाई १ सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति प्रदान गर्ने विषयमा भएको आर्थिक सौदावाजीमा गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री एवं दलका सदस्य माननीय लक्ष्मण वहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलको संलग्नताका सम्बन्धमा सार्वजनिक भएको समाचारप्रति दलको गम्भीर ध्यानाकर्षण भएको एमालेले निकालेको विज्ञप्तिमा भनिएको छ ।

समितिलाई तथ्य–सत्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश तोकिएको छ । पहारीको संयोजकत्वमा दलका सदस्य एवं संसदीय बोर्डका सचिव वेद वहादुर गुरुङ र पार्टी प्रदेश कमिटीको तर्फवाट प्रदेश कमिटी सचिव धनन्जय दवाडी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको एमालेले जनाएको छ ।

‘उक्त विषयमा १५ दिनभित्र तथ्य सत्य छानबिन गरी प्रतिवेदन पेस गर्न आवश्यक कार्यादेश सहित छानबिनको काम अगाडि बढाइएको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित