Logo
Logo
समाज

पद्‌मा अर्यालको प्रश्न : मानव भएर पशुजन्य व्यवहार गर्ने साहस कहाँबाट प्राप्त भएको छ?

त
तिलिचो न्यूज
२०८३ भदौ ८ गते १९:४८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्‌मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयलाई आधार मानेर सरकारले यस्ता घटना किन घट्छन् भन्ने निर्क्यौल गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई साहस कहाँबाट प्राप्त भएको छ भन्ने पत्ता लगाउन माग गरेकी हुन्।

‘बारामा बालिकाको क्रुर हत्या भएको छ म निन्दा गर्दछु। अनुसन्धानको लागि सुरक्षा निकाय लागेको छ। केही मानिस अनुसन्धानमा तानिएका छन्। दोषीमाथि छिटो कारबाही होस्। गरिमाको परिवारले न्याय पाउनुपर्छ,’ उनले भनिन्, ‘यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई त्यो साहस कहाँबाट प्राप्त भयो ? ठीक ढंगले कारबाही अघि बढाएनौँ भने त्यसखाले प्रवृत्ति बढ्ने देखिन्छ।’

उनले निर्मला पन्तसहितका घटना पनि स्मरण गरिन्। उनले सरकारलाई भनिन्, ‘यस्ता घटना किन घट्छन् गम्भीर अध्ययन, अनुसन्धान गर्नुपर्छ। प्रतिवेदन तयार पारेर कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ।’

उनले सरकारको खुट्टा लुलो हुन थालेको टिप्पणी पनि गरेकी छन्। ‘साँचो कुरा बोलिरहनुपर्छ। हामीले बोलेका कुरा प्रतिपक्षीका कुरा मात्रै होइनन् सबैको हो। बोलेको कुरा पूरा गर्ने कसम खाएको सरकार खुट्टा लुलो बनाइरहेको छ।’

उनले उपभोक्ताले ग्यास नपाएको, किसानले समयमै मल नपाएको विषयमा पनि सरकार गम्भीर नभएकोमा आपत्ति जनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित