Logo
Logo
समाचार

पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, सुरक्षामा खटिए १२५० प्रहरी, ९ हजारले गरे दर्शन

सुरक्षा स्रोतका अनुसार, ३ हजार दर्शनार्थी लाइनमा छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २९ गते १२:०७
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् ।

आज बिहान बिहान ३.१५ बजेदेखि नै भक्तजनका लागि पशुपतिका ४ वटै ढोका खुला भएपछि सहज भएको छ ।

बिहान ७ बजेसम्ममा ९ हजार भन्दा बढी दर्शनार्थीद्वारा दर्शन गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार, ३ हजार दर्शनार्थी लाइनमा छन् ।

नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको हो । मन्दिर परिसरमा भक्तजनका लागि स्वास्थ्य शिविर पनि चलाइएको छ । ट्राफिक व्यवस्थापन पनि गरिएको छ ।

सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सिसिटिभी, ड्रोनबाट अनुगमन गरिरहेको छ । सादा पोशाकमा प्रहरी पनि परिचालन भएका छन् ।

प्रहरीले आज दिनभर दुई सिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित